निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

 बैशाख १६, २०८१ आइतबार १८:५:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को ९ एन–ए–के–एक्स जहाज इजरायलमा मर्मत गराएर काठमाण्डाै ल्याइएको छ । इजरायलमा मर्मत सकेर ल्याइएको जहाज हिजो बेलुकी काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच गर्दा अन्य प्राविधिक समस्याका साथै इन्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इन्जिनियर एवम् प्राविधिकहरूको प्रतिवेदनअनुसार बजारमा त्यससँग सम्बन्धित पार्टपुर्जाको अभाव भएकाले मर्मतमा केही ढिलाइ हुन पुगेको प्रवक्ता पाैडेलले बताउनुभयाे ।

जहाज मर्मतमा इजरायलमा रहेकाे नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयका लागि निगमले आभार पनि व्यक्त गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया