सिन्धुलीको खट्टारमा रहेको एनसेल टावरमा कुकर बम विस्फोट

 चैत २९, २०८० बिहिबार १५:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सिन्धुलीकाे कमलामाई नगरपालिका–४ खट्टारमा रहेको एनसेल टावरमा बम विस्फोट भएको छ । गए राति नचिनेको मानिसको समूहले एनसेल टावरको उत्तरतर्फको तारको जाली काटी प्रवेश गरी टावरमा कुकुर बम विस्फोट गराएको र विस्फोटबाट टावरको बक्समा क्षति पुगेको सिन्धुली प्रहरीले जनाएको छ ।

टावरको परिसरभित्र र बाहिर 'पिपुल्स लिबरेशन आर्मी' जनमुक्ति सेना लेखिएको १५ थान पर्चा पम्प्लेट पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काले बताउनुभयो । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया