गाजामा जारी युद्धको विरोधमा अमेरिकामा भइरहेको प्रदर्शन हिंसात्मक

 बैशाख २०, २०८१ बिहिबार ९:३२:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा रहेको कोलम्बिया विश्वविद्यालयमा हिंसात्मक झडप हुँदा धेरै व्यक्ति घाइते भएका र ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वविद्यालयले विज्ञप्ति निकालेर त्यहाँ दैनिक रूपमा भइरहेको प्रदर्शन हिंसात्मक हुन थालेको र विद्यार्थी तथा अरू नागरिकले असुरक्षा महसुस गर्दै डरमा बाँच्न बाध्य भएका जनाएको छ । उपकुलपति जीन ब्लकले घटनाबारे प्रतिक्रिया दिँदै विश्वविद्यालयमा कसैले हिंसाको सामना गर्न नहुने बताउनुभएको बीबीसीले जनाएको छ ।

गाजामा जारी युद्धको विरोधमा अमेरिकाका धेरै विश्वविद्यालय र क्याम्पसहरूमा प्रदर्शन भइरहेको छ । आन्दोलनरत विद्यार्थीहरूले इजरायलसँगको आर्थिक सम्बन्ध अन्त्य गर्न पनि माग गरिरहेका छन् । यसअघि प्रहरीले कोलम्बिया विश्वविद्यालय र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा तीन सय जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

यसैबीच न्यूयोर्कका मेयर एरिक एडम्सले विश्वविद्यालयभित्र प्यालेस्टाइनको समर्थनमा शान्तिपूर्ण प्रदर्शन भइरहेकोमा घुसपैठ भएर हिंसात्मक हुन थालेको बताउनुभएको छ । शहरका अरू अधिकारीले पनि मेयरको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया