इलाममा ट्रयाक्टर दुर्घटना, चालक र सहचालकको ज्यान गयो

 कात्तिक ३०, २०७५ शुक्रबार २०:३:१५ | सुजता सुनुवार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – इलाममा ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ ।

इलामको माङ्सेबुङ्ग गाउँपालिका वडा नम्बर ३ भञ्ज्याङमा शुक्रबार ट्रयाक्टर दुर्घटनामा भएको हो । दुर्घटनामा चालक नविन कुरुम्बाङ्ग र सहचालक गोकुल लिम्बूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

दुघर्टनामा गम्भीर घाइते भएका दुवैको दमकमा रहेको लाइफलाइन अस्पतालमा ज्यान गएको हो । २८ वर्षका मृतक चालक माङ्सेवुङ गाउँपालिका–३ का र  २२ वर्षका सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ का बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।

पाँचथरको रविबाट दमकतर्फ अदुवा बोकेर आउँदै गरेको मे १ त ८०२५ नम्बरकोे ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया