जनकपुरधाममा जलेको अवस्थामा एक युवती र बालिकाको शव फेला

 बैशाख ६, २०८१ बिहिबार १५:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

धनुषा – जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । जलेकै अवस्थामा भेटिएकी आठ महिनाकी बालिकाको उपचारको क्रममा ज्यान गएको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गएराति युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार युवतीको शव नजिकै रहेकी एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो । तर जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।

ज्यान गुमाउने युवती महोत्तरी मनरासिसवाकी अन्दाजी २२ वर्षीया प्रियंका महतोको रहेको डीएसपी अवाले बताउनुभयो । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया