टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

 बैशाख १७, २०८१ सोमबार १५:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । टी–२० विश्वकपका लागि न्युजिल्यान्ड क्रिकेटले आज अनुभवी ब्याटर केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषण गरेको हो ।

न्युजिल्यान्डको टोलीमा कप्तान विलियमसँगै, फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभन कनवे, लकी फर्गुसन, म्याट हेनरी, ड्यारेल मिचेल, जिम्मी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउदी रहेका छन् । रचिन रविन्द्र र म्याट हेनरी पहिलो पटक टी–२० विश्वकप क्रिकेटको टोलीमा परेका हुन् ।

न्युजिल्यान्ड यही जुन/जुलाईमा हुने आईसीसी पुरुष विश्वकपका लागि टोली घोषणा गर्ने पहिलो टिम बनेको छ । नवौँ संस्करणको टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा विश्वकप हुँदैछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया