अन्तिम अभ्यास खेलमा ब्राजिलको जित

 जेठ २८, २०७५ सोमबार ६:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलले विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको छ । ब्राजिललाई जिताउन ग्याब्रियल जिसस, नेयमार र फिलिप कोटिन्होले गोल गरे ।

जिससले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको खेलमा  नेयमारले ६३ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको अन्तिम गोल कोटिन्होले ६९औं मिनेटमा गरेका थिए ।

पछिल्ला सात खेलमा अपराजित रहेको अष्ट्रियाले कुनै पनि गोल गर्न सकेन  । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले यसपटकको विश्वकपको पहिलो खेल जुन १७ अर्थात असार ३ गते तारिखमा स्वीट्जरल्याण्सँग खेल्दैछ । ब्राजिल रहेको समुह ई मा ब्राजिल र स्विट्जरल्याण्डसँगै कोस्टारिका र सर्विया छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया