रविको थुनछेक बहस आज पनि सकिएन, भोलि बिदा परेकाले पर्सिसम्मै...
पुस २९, २०८१ सोमबार
डडेल्धुरा - डडेलधुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुर्इ जनाको मृत्युसँगै घाइते भएका १७ जनाकाे परिचय खुलेकाे छ।
शनिबार भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र भागेश्वर गाउँपालिका–३ का सवारी धनी ४५ वर्षीय दीपेन्द्र शाहीको घटनास्थलमा मृत्यु भएको थियाे ।
दुर्घटनामा १७ जना घाइते भएका थिए । घाइते हुनेमा भागेश्वर गाउँपालिका–३ का तीन वर्षीय एलकस नागरी, पाँच वर्षीया अपेक्षा शाही, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, ५० वर्षीय शिवी सार्की, धनगढी उपमहानगरपालिका–१४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड–४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मिला अवस्थी, बैतडी शिवनाथका ३० वर्षीय सिद्ध महता, काठमाडाैं ज्ञानेश्वर–३० की अशोक कुँवर थापा र बैतडी मेलौली–८ बस्ने १८ वर्षीया लक्ष्मी विष्ट रहेका छन् ।
घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकी बैतडीको मेलौली–८ बस्ने १८ वर्षीया गौरी विष्टलाई धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।