काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा

 पुष २९, २०८१ सोमबार १५:१४:५२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण शुरू भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले पाइपलाइनको परीक्षण शुरू गरेको थियो ।

मेलम्ची उपआयोजना–२ अन्तर्गत बिछ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो ।

परीक्षण सम्पन्न भएका थप ३३ मध्ये १४ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई स्वामित्व हस्तान्तरण भइसकेकामा अब बाँकी १९ वटाको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमारपाँ श्रेष्ठले बताउनुभयो ।

खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा एक हजार १० किलोमिटर पाइपलाइन रहेको छ । सञ्जालबाट खानेपानी वितरण हुँदै आएका पाइपलाइनमा अहिलेसम्म ६० हजार आठ सय ३१ वटा नयाँ मिटरसमेत जडान भइसकेको छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया