दल निकट शिक्षक सङ्गठनका कारण एसईईको उत्तरपुस्तिका परीक्षण रोकियो

 बैशाख १२, २०८१ बुधबार १५:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले काठमाण्डाै र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण रोकेका छन् । प्रमुख तीन दल निकटका शिक्षक सङ्गठनहरूले विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने बताएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयले गरेको आह्वानअनुसार आवेदन दिएर छनाेट भएकामध्ये आइतवार ललितपुर र सोमवार काठमाण्डाैका शिक्षकहरूको अभिमुखीकरण भएको थियो । ललितपुरमा सोमवार र काठमाण्डाैमा हिजोदेखि उत्तरपुस्तिका परीक्षण शुरु हुनुपर्ने थियो । तर अझै शुरु भएको छैन ।

अहिले एसईईको उत्तरपुस्तिका परीक्षणको २४ रुपैयाँ र सम्परीक्षणको छ रुपैयाँ पारिश्रमिक तोकेको छ । एक जना शिक्षकले औसतमा तीन सय जना विद्यार्थीको उत्तरपुस्तिका जाँच्न पाउँछन् । दल निकट शिक्षक सङ्गठनहरूले कक्षा १२ को उत्तरपुस्तिका परीक्षणका लागि दिइने समान अर्थात् प्रतिउत्तर पुस्तिका ३० रुपैयाँ पाउनुपर्ने माग गरेका छन् ।

उत्तरपुस्तिका जाँच गर्न आफैँले आवेदन दिएर तालिमसमेत लिएपछि शिक्षकहरूले पैसा नबढाए कापी नजाँच्ने अडान लिएका हुन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया