इलाम–२ मा जमानत नै जफत भएको रास्वपाले नतिजाको गम्भीर समीक्षा गर्ने

 बैशाख १८, २०८१ मंगलबार १५:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपचुनावबाट प्राप्त नतिजाको गम्भीर समीक्षा गर्ने भएको छ ।

इलाममा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत नै जफत भएको छ । आफ्नो पार्टीका उम्मेदवारले प्राप्त गरेको मत र कमी–कमजोरीबारे पार्टीको केन्द्रीय समितिको आउँदो बैठकमा गहन समीक्षा गर्ने प्रवक्ता डा. मुकुल ढकालले निकालेको विज्ञप्तिमा उल्लेख छ । नतिजा आफ्नो पार्टीका उम्मेदवार अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई प्राप्त भएको मतको सम्मान गर्ने रास्वपाले उल्लेख गरेको छ ।

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । रास्वपाले निर्वाचित सुहाङलाई शुभकामना तथा बधाई दिएको छ । उपचुनावमा रास्वपाका उम्मेदवार मिलन लिम्बूसँगै १६ जना उम्मेदवारको जमानत अर्थात् धरौटी जफत भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया