ब्राजिलले सन् २०२७ काे फिफा महिला विश्वकप आयोजना गर्ने

 जेठ ४, २०८१ शुक्रबार १८:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – सन् २०२७ को महिला विश्वकप ब्राजिलले आयोजना गर्ने भएको छ । याेसँगै महिला विश्वकप दक्षिण अमेरिकी देशले आयोजना गरेको पहिलो पटक हुनेछ ।

महिला विश्वकपका लागि ब्राजिलसँगै संयुक्त युरोप (जर्मनी, नेदरल्यान्ड्स र बेल्जियम) ले दाबेदारी प्रस्तुत गरेका थिए । तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पूर्ण सदस्यताको मतले ब्राजिललाई यो अवसर दिएको हो । जर्मनी, बेल्जियम र नेदरल्यान्ड्सले संयुक्त रूपमा ७८ मत पाउँदा ब्राजिल एक्लैले १ सय १९ मत ल्याएकाे हाे ।

ब्राजिलले यसअघि सन् १९५० र २०१४ मा पुरुष विश्वकप पनि आयोजना गरेको थियो ।

महिला विश्वकपको १० औँ संस्करणमा ३२ वटा टाेली सहभागी हुनेछन् । गएकाे संस्करण सन् २०२३ काे उपाधि स्पेनले जितेकाे थियाे । पुरुष विश्वकपमा ५ पटक उपाधि जितेकाे ब्राजिल महिला विश्वकपमा भने अहिलेसम्म उपाधिविहीन छ ।

महिला विश्वकपमा अमेरिका सबैभन्दा सफल टिम हाे । अमेरिकाले अहिलेसम्म ४ पटक उपाधि जितेकाे छ । यस्तै दाेस्राे स्थानमा रहेकाे जर्मनी २ पटक विजेता बनेकाे छ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया