आयरल्यान्ड पुरुष क्रिकेट टिमले पहिलो पटक आउँदो वर्ष पाकिस्तानमा गएर खेल्ने

 जेठ १, २०८१ मंगलबार १५:२४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – आयरल्यान्ड पुरुष क्रिकेट टिमले इतिहासमा पहिलो पटक आउँदो वर्षको अगस्ट र सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ ।

पाकिस्तान भ्रमणबारे क्रिकट आयरल्यान्डले आधिकारिक पुष्टि गरेको क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकइन्फोले जनाएको छ । भ्रमणका क्रममा आयरल्यान्ड र पाकिस्तानले तीन वटा टी–२० क्रिकेट र तीन वटा एकदिवसीय क्रिकेटको शृङ्खला खेल्नेछन् । यो शृङ्खलाको भ्रमण तालिका र खेल हुने ठाउँहरूको बारेमा पनि पूर्ण जानकारी नआइसकेको खबरमा उल्लेख छ ।

आयरल्यान्डको महिला क्रिकेट टिमले सन् २०२२ को नोभेम्बरमा पाकिस्तान भ्रमण गरेको थियो । यो भ्रमणमा दुई टोलीबीच तीन वटा टी–२० क्रिकेट र तीन वटा एकदिवसीय क्रिकेट भएको थियो जसमा टी–२० शृङ्खला आयरल्यान्ड र एकदिवसीय शृङ्खला पाकिस्तानले जितेको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नम्भीले क्रिकेट आयरल्यान्डका अध्यक्ष ब्रेन म्याकनिससँग भेट गरेपछि भ्रमणबारे तय भएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया