इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताउनु भएको छ ।
अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
आइतबार नेपाल–चीन मैत्री संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चीनको ‘वान रोड वान बेल्ट’ अवधारणाले दक्षिण एसियाली राष्ट्रकै आर्थिक विकास र व्यापारमा ठूलो सफलता हात पार्ने पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यू होङले चीनले विश्वमै लगानी र व्यापारका लागि आवश्यक वातावरण बनाउन ‘वान बेल्ट वान रोड’ को अवधारणा अघि सारेको स्पष्ट पार्नुभयो । उहाँले नेपालले सो अवधारणाको साथ दिएको भन्दै आभार पनि व्यक्त गर्नुभयो ।
राजदूत होङले व्यापारमा सबै राष्ट्रको सहभागितामा वृद्धि गर्न पनि ‘वान बेल्ट वान रोड’ को अवधारणा उपयोगी हुने पनि स्मरण गराउनुभयो ।