नेपालकी प्रथम नायिका भुवन चन्द ‘साइनो’ लिएर अाउँदै

 मंसिर २, २०७५ आइतबार २०:२५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपालकी प्रथम नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । 

उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘साइनाे’ राखिएको छ । आइतबार चलचित्रको औपचारिक घोषणा गरियो । 

चलचित्र प्रेमकथामा आधरित रहेर निर्माण हुन लागेको बताइएको छ । चलचित्रको निर्देशन रमेश थापाले गर्नेछन् । 

चलचित्रको कथा अभिमन्यु निरबीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रोशनविक्रम भट्टराईको द्धन्द्ध, बसन्त सापकोटको संगीत रहने छ भने रामजी लामिछानेको कोरियोग्राफी रहने बताइएको छ । 

चलचित्रको सम्पादन बनिश शाहले गर्नेछन् । 

चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रोय दिप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, भिमसेन लामालगायतका कलाकारहरुको भूमिका रहने छ ।  

चन्द्र विनायक फिल्म प्रोडक्सनको प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई नेपालका काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट,मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानहरुमा छायाँकन गरिने बताइएको छ ।
 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया