प्रधानमन्त्री ओलीले भने : प्रकाशको सम्झना आइरहन्छ, पीडा त भइरहन्छ

 मंसिर ३, २०७५ सोमबार १२:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताउनुभयो । 

स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति सभामा प्रधानमन्त्री अोलीले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नु आवश्यक रहेको भन्दै प्रकाशको निधनका बेला परिवारले देखाएको संयमताको प्रशंसा गर्नुभयो । देशका लागि र समग्र नागरिकका लागि अगाडि बढाउने कुरामा योगदान गरेर देखाउनु नै साँचो अर्थमा स्वर्गीय दाहालप्रतिको श्रद्धाञ्जली ठहर्ने बताउनुभयो ।

‘सम्झना आइरहन्छ, पीडा त भइरहन्छ, त्यसले पीडा मात्रै हुने हो तर परिस्थिति त परिवर्तन हुने होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर यो भन्दै गर्दा फेरि पनि पीडा त भइरहन्छ, तर त्यसलाई संयमका साथ जीवनलाई गतिशील बनाएर अगाडि बढाउनु पर्छ । त्यसका लागि म आग्रह पनि गर्न चाहन्छु ।’ 

‘जीवनलाई गतिशील बनाइरहनु पर्छ । देशले पनि, परिवारले पनि अनि आफन्तले पनि त्यही ढंगले लिनुपछर्’, प्रधानमन्त्रीले भन्नुभयो ।  

कसलाई कसरी व्यवहार गर्ने, पार्टीको गतिविधिको जानकारी कसरी व्यवस्थित बनाउने भन्नेमा प्रकाश दाहालको भूमिका प्रशंसायोग्य रहेको प्रधानमन्त्री ओलीले सम्झनुभयो । 

प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘आज देशको परिस्थितिको बारेमा केही पनि बोल्न चाहन्नँ । आज श्रद्धाञ्जलीको अवसरमा अत्यन्तै आत्मीय ढंगले प्रकाशलाई सम्झन चाहन्छु ।’  

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया