कार्यालय समयमा निजीमा काम गर्ने सरकारी स्वास्थ्यकर्मीलाई कारबाही हुने

 मंसिर ३, २०७५ सोमबार १४:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – सुदूरपश्चिम प्रदेश सरकारले सरकारी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक लगाएको छ ।

प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका सबै सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई निजीमा काम नगर्न निर्देशन दिएको छ । प्रदेश सरकारले यो विषयमा नियमित अनुगमन गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट नियमित र आकस्मिक अनुगमन हुने छ ।

अनुगमनका क्रममा कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गरेको पाइएमा कारबाही हुने प्रदेश सरकारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया