सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय रुपमै खराब घटनाका रुपमा फैलिएको खशाेग्गी हत्याका युवराजलाई आरोप लागेपछि साउदी अरबका राजा मोहम्मद बिन सलमानले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिएका छन् ।
सरकारी अभियोजनकर्ताले गत हप्ता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए ।
राजधानी रियादमा सोमबार साउदी राजाले अदालतको प्रशंसासमेत गरेका छन् । आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गर्नुभएको हो ।
पत्रकार खशोज्जीको गत अक्टोबर २ तारिखका दिन स्तानबुलमा रहस्यमय तरिकाले हत्या भएको थियो । हत्या कस्ले गरेको भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन ।
कतिपयले साउदी राजपरिवारको उच्च तहकै निर्देशनमा खशोज्जीको हत्या भएको आरोप लगाइरहेका छन् ।
अभियोजनकर्ताहरुले खशोज्जीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई मृत्यु दण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दावी गरेका छन् ।
सम्बोधनका क्रममा ८२ बर्षिय राजा सलमानले वासिङ्टनपोष्टका नियमित स्तंभकार खशोग्जीको हत्याका बारेमा भने प्रत्यक्ष रुपमा केही बोलेनन् ।