वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
धनुषा – प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइएको कानुन मन्त्रालयले जनाएको छ ।
बुधबार प्रदेश २ का आठवटै जिल्लाका सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत बसन्त न्यौपानले जारी गरेको पत्रमा उल्लेख छ ।