उपचुनावकाे सुरक्षा तयारी पूरा, दुई हजार जनाभन्दा धेरै प्रहरी कर्मचारी खटिँदै

 बैशाख १३, २०८१ बिहिबार १८:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले पर्सि शनिवार १५ गते हुने उपचुनावको सुरक्षा तयारी पूरा भएको जनाएको छ । प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभा बझाङ–१ (क) मा हुने उपचुनावको सबै सुरक्षा तयारी पूरा भएको हो ।

नेपाल प्रहरीले काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी उपचुनाव हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएको छ । चुनाव हुनुअघिकाे, मतदानको दिनकाे र मतदान भइसकेपछिको आवश्यक सुरक्षालाई अलग–अलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्थापन मिलाएको नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार उपचुनाव हुने क्षेत्रमा दुई हजार तीन सय ८७ जना प्रहरी कर्मचारी खटिँदै छन् ।

चुनावका लागि गए रातिदेखि नै मौन अवधि शुरु भइसकेको छ । निर्वाचन आयोगले आचारसंहितको पालना गर्न/गराउन सम्बन्धित सबै सरोकार पक्षलाई निर्देशन दिएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया