हिमालयन बैंककाे माेबाइल एप्लिकेशन ‘हाई एम बि’ सार्वजनिक

 मंसिर ४, २०७५ मंगलबार १९:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - हिमालयन बैंक लिमिटेडले मंगलबारदेखि औपचारिक रुपमा मोबाइल बैंकिङ्ग एप ‘हाई एम बि’ सुरु गरेको छ । 

मंगलबार पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक श्री ईजाज कादिर गिलले मोबाइल एपक शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।

‘हेएर इज योर न्यू बैंक’ तथा ‘बिग बैंक इन स्मल साइज’ नारासहित शुभारम्भ गरिएको यो मोबाइल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिनसक्ने बताइएकाे छ ।

साथै अहिलेकाे लागि हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न बिलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका सेवा–सुविधाहरु प्राप्त गर्न सक्ने बताइएको छ । 

समाहरोहमा बैंकका उप महाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले एपमा सुरक्षाका सम्पूर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आउँदा दिनमा आफ्ना ग्राहकहरुका लागि थप नवीनतम प्रविधि उपलब्ध गराउँदै जाने बताउनुभयो । 

कार्यक्रममा बैंकको सूचना प्रविधि शाखाका धिरज श्रेष्ठले मोबाइल एपबारे विस्तृत जानकारी गराउनु भएको थियो । 

बैंकले देशभरी भएका ५६ वटा शाखा तथा १०८ वटा एटीएममार्फत ग्राहकहरुका लागिसेवा प्रदान गरिरहेको र चालु वर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ । 


 

अन्तिम अपडेट: मंसिर २३, २०७५

तपाईको प्रतिक्रिया