इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
धादिङ – ग्यास उद्योगबाट ग्यास चुहिएर बस्तीमा गन्ध आएको लामो समय भइसक्दासमेत उद्योगले वास्ता नगरेपछि ग्यास उद्योग नै बन्द गर्न स्थानीयले माग गरेका छन् ।
बेनीघाट रोराङ्ग गाँउपालिकाको विशालटारमा भएको श्रीमाया ग्यास उद्योगले लिकेज ब्यवस्थापन गर्नका लागि स्थानीयहरुले आग्रह गर्दा अटेर गरी उद्योग संञ्चालन गरेको भन्दै आन्दोलन गरेको स्थानीयबासी राममणी थपलियाले जानकारी दिनुभयो ।
बस्तीको बीचमा भएको ग्यास उद्योग नै समस्या बनेपछि उद्योगलाई व्यवस्थापन गर्नेपर्ने अथवा बस्तीबीचबाट उद्योग सार्नुपर्ने स्थानीयले माग गरेका छन् । उनीहरुले यस्ता उद्योगहरुलाई व्यवस्थित गरिदिन जिल्ला प्रशासन कार्यालय धादिङसँग पनि आग्रह गरेका छन् ।
ग्यास उद्योग वरपरका बस्तीका स्थानीयहरुलाई ग्यास प्लान्टमा ग्यास बोटलिङ्ग गर्दा ग्यास लिक हुने समस्याले गर्दा खतरा बढेको स्थानीयको गुनासो छ । लिक भएको ग्यासले मानिसहरुको स्वास्थ्यमा समस्या आउन थालेको विशालटारका बासीन्दाको गुनासो छ । ग्यासको गन्ध फैलिएका कारण टाउको दुख्ने, श्वास प्रश्वसामा समस्या आउने दम रुघा, खोकी जस्ता समस्या उत्पन्न भएको उनीहरुले बताएका छन् ।
अनुगमनमा आएका नेपाल आयल निगमका कर्मचारीहरुले भने अहिले ग्यास उद्योग सञ्चालनमा कडा मापदण्ड नभएको बताउँदै श्रीमाया ग्यासले सबै मापदण्ड पूरा गरेको बताएर फर्किएका छन् ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।