'राइड शेयरिङ' लाई वैधानिकता दिन लागेको विरोधमा पोखरामा सार्वजनिक गाडी चलेनन्

 साउन १३, २०८१ आइतबार १५:३:१० | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखरामा आज बिहानदेखि सार्वजनिक गाडी चलेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रुवाहक गाडी बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले 'राइड शेयरिङ' लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि सार्वजनिक गाडी ठप्प गराएका हुन् ।

यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सात बुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक गाडी बन्द गरिएको जानकारी दिनुभयो । प्रदेश सरकारले निजी गाडीमा यात्रु बोक्न दिनेगरी राइड शेयरिङलाई वैधानिकता दिन लागेको व्यवसायीको भनाइ छ ।

यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले रातो नम्बर प्लेटका दुईपाङ्ग्रे र चारपाङ्ग्रे गाडीलाई यात्रु बोक्न दिनेगरी कार्यविधि बनाएको छ । काठमाण्डौ उपत्यकामा पठाओ, टुटल, इनड्राइभ लगायतका राइड शेयरिङको सुविधाका कारण यात्रु, निजी गाडी धनी र सरकार सबैलाई सहज र कमाइ भइरहेको बेला पोखरामा भने व्यवसायीले यसको विरोध गरेका हुन् ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया