गोरखाको धार्चेमा पहिरोमा बेपत्ता भएका ५ जनाको खोजी चल्दै

 साउन १४, २०८१ सोमबार १२:२:३१ | रासस
unn.prixa.net

तस्बिर : रासस

गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लाको रेसेमा हिजो पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी शुरू भएको छ ।

पहिरोमा परेर बेपत्ता भएका पाँच जनाको हिजो दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेका उहाँले बताउनुभयो । बेपत्ताको खोजीका लागि 'एक्स्काभेटर' प्रयोग गरिएको डीएसपी श्रेष्ठकाे भनाइ छ ।

रातिको समयमा डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीयवासी जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता हुनुभएको छ ।

डाँडाबाट खसेको पहिरो बूढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीले बगाएको हुनसक्ने अनुमान गरिएको छ । खोजी कार्य बूढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा केन्द्रित हुने प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया