जुम्लाको तिला गाउँपालिकामा भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न आग्रह

 साउन १५, २०८१ मंगलबार १२:१९:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

जुम्ला – तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आउँदो भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नम्बर १ देखि ९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको हो ।

पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाण्डाै हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो हप्ता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिनुभयो ।

उहाँले भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार भएर बदनाम हुने तथा किसानले सोचेको मूल्य पनि नपाउने भएर तोकिएको मितिभन्दा अगाडि स्याउ सङ्कलन तथा निकासी गर्न रोक लगाइएको बताउनुभयो ।

उहाँका अनुसार भदौ ५ गतेपछि पालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालालाई जानकारी गराइएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया