इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै ‘द हङकङ सिक्सेस’मा नेपालको वि...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर दुई हजार सात सय ९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा २८ सय विन्दु पुगेकोमा बजार बन्द हुने बेलामा केही अङ्कले घटेको हो ।
आज बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार, अन्य, जलविद्यु्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । आज तीन सय २६ वटा कम्पनीका चार करोड ९७ लाख कित्ता शेयर २१ अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै एक अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।