काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पा...
पुस २९, २०८१ सोमबार
डोल्पा – चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् ।
यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत ९६–८० र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । चिसो बढेसँगै बन्द भएका विद्यालय ६ महिनापछि मात्रै खुल्छन् ।
प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले बताउनुभयो । ‘चिसोले बस्न नसकिने भएपछि प्रत्येक वर्ष कात्तिक अन्तिमतिरै त्यहाँका स्थानीय विद्यालय ६ महिनाका लागि जाडो छल्न बेँशी झर्छन्’, उहाँले भन्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकार्इका इकाइ प्रमुख सिंहराज डाँगीले उपल्लो डोल्पामा कात्तिक लागेसँगै भारी हिमपातका कारण तापक्रम माइनसमा झर्ने र केही दिनसम्म हिमपात हुने भएकाले बालबालिका विद्यालयसम्म पुग्ने स्थिति नहुने बताउनुभयो ।
अत्याधिक चिसोका कारण त्यहाँका स्थानीयवासी सबै बन्दोबस्तीका सामानसहित घरमा ताल्चा लगाएर जाडो छल्न बेंशी झर्ने र बालबच्चा पनि सँगै लैजाने गरेपछि सम्पूर्ण विद्यालय ६ महिनाका लागि बन्द हुँदै आएका छन् । शैक्षिक सत्र सकिएसँगै उपल्लो डोल्पाका २४ विद्यालयका झण्डै दुई हजार ९०० विद्यार्थी घरमै रहेका छन् ।
आर्थिक हैसियत मजबुत भएका विद्यार्थी काठमाडौँ जाने गर्दछन् । जाडोयामको सदुपयोग गर्दै उतै विषयगत ज्ञान लिने गरेको शिक्षक कठायतको भनाइ छ ।कमजोर आर्थिक अवस्था भएका विद्यार्थी अभिभावकसँगै तल्लो डोल्पाका दुनै, त्रिपुराकोट, लिकु, पहाडालगायतका विभिन्न स्थानमा जाडो छल्न झर्ने गर्दछन् ।
चिसो मौसम सकिएर गर्मी शुरु भएपछि चैत अन्तिमतिर मात्रै शिक्षक विद्यार्थीको जमघट हुने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।