प्रदेश ५ मा स्थानीय तह पदाधिकारीको सेवा सुविधा तोकियो

 जेठ २९, २०७५ मंगलबार १०:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – पाँच नम्बर प्रदेश अन्र्तगतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी विधेयक प्रमाणिकरण भएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख उमाकान्त झाले विधेयक प्रमाणित गर्नुभएको हो । यसअघि जेठ १६ गते बसेको प्रदेश सभाको बैठकले विधयक पारित गरेको थियो । प्रदेश प्रमुखबाट विधेयक प्रमाणिकरण भएपछी अव स्थानीय तहका जनप्रतिनिधिहरुलाई तलव भत्ता खाने बाटो खुलेको छ ।

प्रमाणित भएको विधेयक अनुसार जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब भत्ता  ४१ हजार रुपैयाँ, उपप्रमुखको ३६ हजार रुपैयाँ र सदस्यको १६ हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुखको ४० हजार रुपैयाँ, उपप्रमुखको ३५ हजार रुपैयाँ, वडाअध्यक्षको २६ हजार रुपैयाँ, कार्यपालिका सदस्यको १५ हजार रुपैयाँ र वडा सदस्यको ९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, नगरपालिकाको प्रमुखको मासिक ३५ हजार रुेपैयाँ, उपप्रमुखको ३० हजार रुपैयाँ, वडा अध्यक्षको २५ हजार रुपैयाँ, कार्यपालिका सदस्यको १३ हजार रुपैयाँ, सदस्यको ८ हजार रुपैयाँ र गाउपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैयाँ, उपाध्यक्षको २७ हजार रुपैयाँ, वडा अध्यक्षको २० हजार रुपैयाँ, कार्यपालिका सदस्यको १२ हजार रुपैयाँ र सदस्यको ७ हजार रुपैयाँ हुनेछ । मासिक तलब भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि जनप्रतिनिधिहरुले पाउने छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया