यस वर्षको दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा च्याङग्राको व्यापार

 असोज २९, २०८१ मंगलबार ७:१७:२ | रासस
unn.prixa.net

म्याग्दी – यस वर्षको दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दशैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय वटा भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजार रुपैयाँका दरले च्याङग्रा बेचेका । सरदर मूल्यअनुुसार १६ करोड रुपैयाँ बराबरको च्याङग्रा बिक्री भएका अर्यालले बताउनुभयो ।

गएको वर्ष सात हजार वटा भेडाच्याङग्रा बिक्री भएका थिए । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाण्डौलगायतका जिल्ला तथा शहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् ।

विगतमा च्याङग्रा महँगो हुँदा व्यापार घटेको थियो । जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले  दशैँतिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया