२ वटा मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी
पुस ७, २०८१ आइतबार
काभ्रेपलाञ्चोक – अघिल्लो महिना असोज १० देखि १२ गतेको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको चौकीडाँडादेखि वर्षे खोला खण्डमा रातमा गाडी चलाउन लगाइएको रोक यथावत् रहेको छ । बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा छ ।
राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको खण्डमा यसअघि रातमा गाडी चलाउन रोकिएकोमा यसलाई कायमै राखिएको छ ।
सडकखण्ड जोखिमयुक्त भएका कारण गएको असोज ३० गतेदेखि रातमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा गाडी चलाउन रोक लगाएकोमा यसलाई कायमै राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
सुक्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा उच्च जोखिम रहेको सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार तत्कालका लागि रातमा गाडी चलाउन दिने अवस्था छैन ।
झण्डै आठ किलोमिटर सडक खण्डमा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक निर्माण गरिएको छ । पूर्वी नेपाल जोड्ने छोटो दुरिका रुपमा रहेको बीपी राजमार्गबाट दैनिक हजारौँ गाडी गुड्ने गर्छन् ।
बाढीपहिरोले राजमार्गको कूल एक सय ६० किलोमिटर मध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न ठाउँमा क्षति भएको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।