गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे

 कात्तिक २०, २०८१ मंगलबार १८:३१:१२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्वीर

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयवासीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया