पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ – आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । दिवसको सन्दर्भमा गएको शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् ।
नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतनमूलक सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको हो । पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको छ । बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा रहेका डाक्टरले बताएका छन् ।
डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरको भनाइ छ ।
मधुमेह हुनबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहने नै रहेको मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सुवर्णध्वज थापाले बताउनुभयो । उहाँले नियमित स्वास्थ्य जाँच गरी डाक्टरको सल्लाह अनुसार जीवनशैली व्यवस्थापन गरे मधुमेहको जोखिम कम गर्न सकिने बताउनुभयो ।
मधुमेहका बिरामीले स्वास्थ्य उपचारमा ध्यान नदिए मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा असर पुग्ने गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।