सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योल...
मंसिर २४, २०८१ सोमबार
काठमाण्डाै – पाकिस्तानसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया २९ रनले विजयी भएकाे छ ।
अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ ओभरमा ९ विकेट गुमाएर ६४ रनमात्र बनाउन सक्यो । पाकिस्तानका अब्बास अफ्रिदीले सबैभन्दा धेरै नटआउट २० रन बनाए । पाकिस्तानका सात जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका जेभिएर बार्टलेट र नाथन इसिले ३/३ विकेट लिए ।
यसअघि घरेलु मैदान ब्रिसबेनमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले ७ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनायो । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४३ रन बनाए । पाकिस्तानका अब्बास अफ्रिदीले २ विकेट लिए ।
आजको खेल हावाहुरी र वर्षाका कारण प्रभावित भएपछि सात ओभरमा झारिएको थियो । अस्ट्रेलिया र पाकिस्तानबीचको टी–२० शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र तेस्रो तथा अन्तिम खेल आउँदो सोमवार हुनेछ ।
यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पाकिस्तानले २–१ ले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।