झापाको जामुनखाडी सिमसार क्षेत्रमा पर्यटकको आवागमन बढ्यो

 वैशाख ८, २०८२ सोमबार १३:९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झापाको कनकाई नगरपालिका–१ र २ मा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ ।

वि.सं. २०६५ मा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा यही वैशाख १ गते नयाँ वर्षका अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिनुभयो ।

सात/आठ वर्ष चर्चित एवम् आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लो समय ओझेलमा परे पनि अहिले पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया