गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

 कात्तिक २९, २०८१ बिहीबार ९:३६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको छ । उहाँको उपचारकाक्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो । केही दिन अघि उहाँलाई डेङ्गी सङ्क्रमण भएको थियो । गौचनका छोरा अमेरिकाबाट फर्किएपछि मात्रै अन्त्येष्टि गरिने भएको छ ।     
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया