चीनसँग भएको 'बीआरआई' समझदारी सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

सन् २०१७ मा हस्ताक्षर भएको समझदारी अहिलेसम्म गोप्य राखेकोमा शङ्का व्यक्त

 मंसिर ९, २०८१ आइतबार १५:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चीनसँग भएको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) समझदारीपत्र सार्वजनिक गर्न माग गरेको छ ।

सरकारले गरेका सन्धि–सम्झौता, समझदारीलगायतका काम कारबाहीका बारेमा सुसूचित हुने नेपाली नागरिकको अधिकार संविधानले सुनिश्चित गरेको भन्दै ट्रान्सपरेन्सीले बीआरआईको समझदारीपत्र सार्वजनिक गर्न माग गरेको हो ।

आज विज्ञप्ति निकालेर ट्रान्सपरेन्सीले अहिले चर्चामा रहेको नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको बीआरआईको समझदारीपत्र अहिलेसम्म किन सार्वजनिक नगरेको भन्दै शङ्कासमेत व्यक्त गरेको छ ।

विभिन्न मित्रराष्ट्र एवम् अन्तर्राष्ट्रिय निकायसँग नेपाल सरकारले गरेका र गर्ने समझदारी तथा सम्झौताहरू सार्वजनिक गरी सरकारको काम कारबाही पारदर्शी बनाउने अभ्यास स्थापित गर्नसमेत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया