राहदानी वितरणको काम ठप्प हुँदा सेवाग्राही मारमा

 मंसिर ९, २०८१ आइतबार १४:५९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राहदानी वितरणको काम ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । प्रणालीमा भाइरस प्रवेश गरेका कारण गएको बुधवारदेखि नै रोकिएको राहदानी वितरणको काम आजसम्म शुरू हुन सकेको छैन ।

आज राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूकाे अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् ।

गएकाे शुक्रवार विभागले आइतवारदेखि वितरणको काम हुने बताए पनि आज पनि प्रणालीमा खराबी देखिएको छ । अब भोलिदेखि राहदानी वितरण गर्ने तयारी थालिएको विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र विदेशका नेपाली नियोगहरूबाट राहदानी सेवा वितरण ठप्प रहेको जानकारी दिएको  छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया