देउडामार्फत निर्मलाको लागि न्याय माग्दै बैतडीका महिलाहरु

 मंसिर १५, २०७५ शनिबार १८:५३:५९ | जयराज अवस्थी
unn.prixa.net

बैैतडी – बैैतडीको विभिन्न ठाँउहरुमा महिलाहरुले निर्मलाका हत्यारालाई पत्ता लगाउन सरकारलाई देउडा मार्फत आग्रह गरेका छन् ।

शनिबार बैतडीको पाटनमा १६ दिने लैगिंक हिसाविरुद्धको अभियान अन्तर्गत भएको देउडा कार्यक्रममा सहभागी महिलाहरुले निर्मलालाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तका परिवारले ४ महिनासम्म न्याय नपाएको भन्दै महिलाहरुले ड्यौडामार्फत सरकारको कडा आलोचना गरेका छन् । 

महिलामाथि हुने हिंसाका न्यूनीकरणका लागि बनेका कानुनहरुको कार्यान्वयन गर्न पनि उनीहरुले देउडामार्फत आग्रह गरेका छन् । परोपकार ग्रामीण विकास संघको आयोजनामा भएको ड्यौडा कार्यक्रममा पाटन नगरपालिकाका विभिन्न ६ ओटा महिला समूहहरुको सहभागिता रहेको थियो । 

आफूहरुले देउडामार्फत महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र निर्मला पन्तका परिवारलाई न्याय दिनका लागि आग्रह गरेको सहस्रलिंग महिला समूहका अध्यक्ष डम्मरी भट्टले बताउनुभयो ।

सरकारले आफूहरुको आवाज अझै पनि नसुनेकाले देउडागीत मार्फत सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । 

यसैबीच जिल्लाकोे सुर्नया गाउँपालिकामा पनि लैगिंक हिसाविरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

गाउँपालिका उपाध्यक्ष लीला बिष्टको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रियामा कार्यक्रममा गाउँपालिकाभरीका ४५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया