सर्वाेच्च अदालतका पूर्वन्यायाधीश वस्तीकाे निधन

 पुष १३, २०८१ शनिबार १२:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । ७१ वर्षीय वस्तीलाई हृदयघात भएपछि गएराति उपचारका लागि काठमाण्डौको थापाथलीमा रहेको नर्भिक अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालका अनुसार उहाँको राति नै निधन भएको हो ।

वस्ती २०६५ साल भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । पछि पदावधि नथपिएपछि उहाँ २०७० साल चैत २९ गते अस्थायी न्यायाधीशका रूपमै सर्वोच्च अदालतबाट अवकाश हुनुभएको थियो । सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्तीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गर्नुभयो ।

२०१० साल असार ८ मा जन्मिएका प्रकाश वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गर्नुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कानूनी सल्लाहकार बनेर काम गर्नुभयो । पछिल्लो समय उहाँ न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवम् पुस्तक लेखनमा सक्रिय हुनुहुन्थ्यो । ‘हाम्रो कानूनी इतिहासको नालीबेली’ वस्तीले लेख्नुभएको एउटा महत्त्वपूर्ण पुस्तक मानिन्छ ।

वस्तीका छोरा अमेरिकामा भएका कारण छोरा आएपछि अन्तिम संस्कार गर्ने परिवारको तयारी छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया