१९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

 पुष २१, २०८१ आइतबार ६:१४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ । मलेसियामा यही जनवरी १८ अर्थात आउँदो माघ ५ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि क्यानले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । उपकप्तानमा सोनी पाख्रिन छन् ।

गएको नोभेम्बरमा यूएईमा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप एशिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक १९ वर्षमुनिको महिला विश्वकपकमा छनोट भएको थियो । जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता छ ।

नेपाल समूह ‘डी’ मा छ । यस समूहमा अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन्  । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग, दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।

नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप तीन खेल खेल्ने अवसर पाउन सक्छ । १९ वर्षमुनिको महिला विश्वकपको यो दोस्रो संस्करण हो । नेपालले पहिलो पटक खेल्न लागेको हो ।

नेपाली टोलीमा सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो(कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया