मधेश केन्द्रित दलको मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनायो

 पुष २२, २०८१ सोमबार १६:३:४५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मधेश केन्द्रित दलहरूसँग मोर्चाबन्दी गर्न जनमत पार्टीले कार्यदल गठन गरेको छ । सीके राउत नेतृत्वको जनमतको केन्द्रीय सचिवालयले दुई सदस्यीय कार्यदल गठन गरेको हो ।

केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरतसिंह यादव रहेको समिति गठन गरिएको जनमतको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिनुभयो । मधेश केन्द्रित दलहरूसँग संवाद र सहकार्य गरिने जनमतले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधान संशोधनको विषय उठाएपछि मधेश केन्द्रित दल पनि एकजुट हुन लागेका हुन् । संविधान संशोधन गर्दा मधेशका माग पनि सम्बोधन गराउन दबाब दिन मधेश केन्द्रित दलहरूको मोर्चाबन्दी गर्ने तयारी शुरू गरिएको जनमतले जनाएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया