वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

 चैत १९, २०८१ मंगलबार १५:४:४२ | रासस
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

पर्सा – पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार आउँदो पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि भारतीय कम्पनी चार अर्ब ७१ करोड रुपैयाँ लागतमा छनोट भएको हो ।

समितिका अनुसार सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पाेरेशन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए । कन्टेनर कर्पाेरेशन अफ इन्डिया प्रालिले चार अर्ब ५१ करोड रुपैयाँको बोलकबोल गरेको थियो ।

छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आउँदो साउनदेखि पाँच वर्षसम्म सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको काम गर्न पाउने समितिले जनाएको छ । यसअघि पनि प्रिस्टिन मेगा कम्पनीले तीन अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का प्राप्त गरेको थियो ।

वीरगञ्जको सिर्सियामा सन् २००० मा विश्व बैंकको ऋण सहयोगमा ८२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । यो बन्दरगाहमा कार्गाे रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ । भारत सरकारको २० करोड रुपैयाँ लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको छ ।

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ३२ अर्ब ३२ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया