अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
चीनले ताइवानमाथि शक्तिशाली आक्रमणको तयारी गरेको छ । यसका लागि अहिलेसम्मकै ठूलो र सशक्त सैन्य अभ्यास शुरू गरिएको चिनियाँ सुरक्षा अधिकारीले बताएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।
चीनले आफ्नो स्थल सेना, जल सेना, वायु सेना तथा रकेट बल सहभागी गराएर कैयौं दिशाबाट ताइवानमाथि आक्रमण गर्ने गरी संयुक्त अभ्यास शुरू गरिसकेको छ ।
चीनले एकै पटक जल, जमिन र आकाशबाट ताइवानमा नजिकबाट आक्रमण गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने अभ्यास गर्न लागेको खबरमा उल्लेख छ ।
चिनियाँ पिपुल्स लिबरेशन आर्मीले आफ्नो एक वक्तव्यमा यो अभ्यास स्वतन्त्र ताइवानको पृथकतावादी शक्तिविरुद्ध कडा चेतावनी र सशक्त प्रतिकार भएको बताएको छ । साथै आफ्नो सैन्य अभ्यासलाई चीनको सम्प्रभुता र राष्ट्रिय एकताको रक्षाका लागि वैधानिक कारबाहीको संज्ञा दिएको छ ।
चीनले ताइवानलाई आफ्नो अङ्ग मान्ने गरे पनि ताइवानले भने आफू स्वतन्त्र देश भएको दाबी गर्ने गरेको छ । यसका कारण चीनले केही वर्षयता ताइवानमाथि दबाव बढाउन सामुद्रिक क्षेत्रमा सशक्त सैन्य अभ्यास गर्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।