राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारको अपील

 चैत १९, २०८१ मंगलबार १७:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आमनागरिकलाई अपील गरेको छ ।

आज मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले अपील गरेको बताउनुभयो । त्यस्तै गएकाे शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय भएको उहाँले सुनाउनुभयाे ।

उहाँले भन्नुभयो, ‘तीनकुने घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र आउँदा दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आमनागरिकमा नेपाल सरकार हार्दिक अपील गर्दछ ।’

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया