सुनको मूल्य ६०० रुपैयाँले बढ्याे

 मंसिर १८, २०७५ मंगलबार १५:२३:३९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोबार भइरहेको छापावाल सुन मंगलबार ६०० रुपैयाँले बढेर प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रु ५७ हजार १०० मा कारोबार भएको तेजावी सुन मंगलबार रु ९०० ले बढेर रु ५८ हजारमा कारोबार भएको छ ।

केही दिन स्थिर रहेको चाँदी म‌गलबार रु २० ले बढेर रु ७२० मा कारोबार भएको छ । महासङ्घले मंगलबार १० ग्राम सुनको मूल्य रु ४९ हजार ९८५ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको रु ६०९ कायम भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया