नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाडाैं - नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको लिग सकेर नेपाल फर्किएका छन् ।
माल्दिभसकाे लिग सकिएपछि उनी बुधबारै र्इपीएल क्रिकेट खेल्न आएका आयरल्याण्डका केभिन ओ ब्राइनसँगै आएका हुन् ।
माल्दिभ्सको शीर्ष डिभिजनको लिगको उपाधि उनको टिमले जित्दा किरण बेष्ट गोलकिपर बनेका थिए ।
पूरै लिगमा उनले ५ गोलमात्र खाएका थिए । गएकाे वर्ष किरणले भारतको मिरनेभा पञ्जाबबाट भारतीय फुटबल लिग खेलका थिए । विदेशी लिगमा चर्चा कमाएका किरणलाई ए डिभिजन लिगमा टिममा अनुबन्ध गर्न दुई क्लब मनाङ मर्स्याङ्दी र संकटा क्लब इच्छुक देखिएका छन ।