अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
धादिङ – पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरीमा बिहीबार दिउँसो भएको दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।
काठमाडाैंबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७६२३ नं.को ट्रकले गजुरी गाउँपालिका वडा नं–१, राजमार्ग छेउमा हिँडिरहेकी अन्दाजी ४० वर्षीया महिलालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
मृतक महिलाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बताउनुभयो । ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले हिरासतमा लिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।