सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
कैलाली – कैलालीको लम्की–चुहा नगरपालिका–४, बलिया गाउँमा बुवा र ठूलो बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलो बुवाको हत्या गरेको प्रहरीले जनाएको छ । ५५ वर्षीय बुवा चक्रा थारु र ठूलो बुवा ६० वर्षीय पल्टु थारुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा जहवारकी ५० वर्षीया आमा दीलबहाडीदेवी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
उहाँको टाउको र बायाँ कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो । घाइते दीलबहाडीदेवीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।
आफूलाई जानकारी नगराई श्रीमती माइत पठाएको भन्दै जहवारले बिहीबार राति ११ बजे कोठामा थुनेर बुवा, ठूलो बुवा र आमालाई काठको खन्तीले हानेको प्रहरीले जनाएको छ । प्रहरीले जहवारलाई घरबाटै पक्राउ गरेको हो । उहाँलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।