मिस वर्ल्ड २०१८: उपाधि घोषणाकाे अाधिकारिक कार्यक्रम चल्दै

 मंसिर २२, २०७५ शनिबार १८:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

मिस वर्ल्ड २०१८ को उपाधिकाे अाधिकारिक घाेषणा चीनको सान्यामा आज हुँदैछ ।

अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को उपाधिकाे अाधिकारिक घाेषणाका लागि  विशेष कार्यक्रम भैरहेको छ ।  मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडा दावेदार प्रतिस्पर्धी बनेकी छिन् ।

मिस वर्ल्डको फाइनल जुम टेलिभिजन र मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट प्रसारण भैरहेको छ । फाइनलमा मिस नेपाल श्रृँखला खतिवडा नेपाली झण्डा सहित सहभागी भएकी छिन् । फाइनल हेर्न शृङ्खलाका बुवा, आमासहित अरु नेपालीहरु पनि नेपाली झण्डा सहित सहभागी भएका छन् ।

विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा  ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ । 

मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृङ्खलाले मिस वर्ल्डको उपाधि जितिन् भने उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन् । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।  

त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया