उडिरहेको जहाजभित्र यौन हमला गरेको आरोपमा एक भारतीयलाई ९ वर्षको जेल सजाय

 मंसिर २९, २०७५ शनिबार १०:४७:३६ | एजेन्सी
unn.prixa.net

अमेरिकाको अदालतले जहाजभित्र आफू नजिकै बसेकी महिलामाथि यौनहिंसा गरेको आरोपमा एक भारतीय इन्जिनियरलाई ९ वर्षको जेल सजाय सुनाएको छ ।

गएको जनावरीमा ३४ वर्षीय प्रभु राममूर्ती जहाजभित्र आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । पीडितका महिला निदाइरहेकी थिइन् ।

महिलाले दिएको बयान अनुसार जब उनी निन्द्राबाट ब्यूझिइन् उनको शर्टको टाँक खोलिएको थियो  र राममूर्तीको हात उनको पाइन्टमा थियो । अमेरिकी अदालतले सजाय पूरा भएपछि राममूर्तीलाई भारत फिर्ता पठाउने बताएको छ ।

राममूर्तीले भने आरोपलाई अस्विकार गर्दै आफू त्यतिबेला निदाइरहेको बताएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया